चितवन । चितवन शारीरिक सुगठन तथा फिटनेश संघले सल्लाहकार चयन गरेको छ । चितवन शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
चितवन शारीरिक सुगठन तथा फिटनेश संघको शनिबार बसेको विशेष बैठकले संघको सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको संघका सचिव बीरबहादुर रानाले जानकारी दिनुभयो । दिनेश राजभण्डारी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समितिमा प्रलाद सापकोटा, राकेशमान श्रेष्ठ, भीमबहादुर घले, राजेन्द्र गुरुङ, तजेन्द्र कुँबर, श्याम न्यौपाने, लाल बहादुर राय, अन्तोष बमजन र प्रेस सल्लाहकारमा पत्रकार राजु भट्ट रहनु भएको थियो ।
सल्लाहकार चयन सँगै स्वागत गरिएको कार्यक्रममा सल्लाहकारहरुले आफूहरुलाई दिइएको जिम्मेवारी पूर्ण रुपमा वहन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । विभिन्न बिधाका प्रतिष्ठित व्यक्तिहरुलाई सल्लाहकार समितिमा चयन गरिएको र सल्लाहकारहरुको राय, सल्लाह, सुझाव र प्रतिक्रिया लिएर संघका गतिविधिहरुलाई अगाडि बढाईने चितवन शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो ।