चितवन । पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर र गुल्मी चितवन मैत्री समाज चितवन बीच स्वास्थ्य परिक्षण तथा उपचारमा छुट सुविधा दिने गरि सम्झौता सम्पन्न भएको छ ।
गुणस्तरीय तथा उपचारमा सहज पहुंँच पुर्याउने उद्धेश्य सहित समाजलाई २५ प्रतिशत छुट दिने सम्झौता भएको हो । हस्पिटलक प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिस्ठ फिजिसियन एसोसियट प्रोफेसर डा. भोजराज अधिकारी, बोर्ड सदस्य तथा सामाजिक बिभाग प्रमुख तेज नारायण खरेल, बोर्ड सदस्य राजेन्द्र पन्त, सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी र केदार प्रसाद सुबेदी सहितको सहभागितामा सम्झौता गरिएको हो ।
अस्पतालको समग्र सेवा सुविधा र जनता संग अस्पताल, आरोग्य प्याकेज प्रदान गर्न सम्झौता गरिएको सामाजिक सेवा प्रमुख केदार सुबेदीले बताउनु भयो । समाजका अध्यक्ष बिक्रम सापकोटाले यस सम्झौताले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य उपचार हुने विश्वास व्यक्त गर्नुभयो भयो । स्वास्थ्य क्षेत्रको राजधानी मानिने चितवनमा स्वास्थ्य क्षेत्रमा एउटा आशालाग्दो,भरपर्दो, सुबिधा सम्पन्न अस्पतालको यस्तो अनुकरणीय सामाजिक कामको सबैले प्रसंशा गर्दै सुबिधा लिन प्रोत्साहन गर्नुपर्ने बोर्ड सदस्य खरेलले बताउनु भयो । सम्झौता कार्यक्रममा नर्सिंङ प्रमुख कविता खराल तथा गुल्मी चितवन मैत्री समाज चितवनका अध्यक्ष बिक्रम सापकोटा, वरिष्ठ उपाध्यक्ष मोहन पन्थी, सचिब गंगाधर खराल लगायतको उपस्थिति थियो । सम्झौता आजैका दिन देखि लागु हुने छ ।