चितवन । आपत्कालीन अवस्थामा ज्यान बचाउने, चोटपटकलाई गम्भीर हुन नदिई उपचार सहज बनाउने तथा हृदयघात वा श्वास रोकिने अवस्थामा प्रभावकारीरुपमा ‘र्कािर्डयोपल्मोनरी रिससिटेसन’ (सिपिआर) विधि अपनाउन सक्षम बनाउने उद्देश्यले तीन दिने आभारभूत उपचार तथा सिपिआर तालिम सुरू भएको छ ।
भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा चितवन स्मार्ट स्काउट क्रुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको सहयोगमा उक्त तालिम सुरू भएको हो । तालिममा अङ्कुरम् एकेडेमी र चितवन स्मार्ट स्काउट क्रुका २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
तालिममा चितवन स्मार्ट स्काउट क्रुका पूर्वप्रमुख आयुक्त तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, नेपाल रेडक्रस सोसाइटी चितवनका तालिम संयोजक चीजकुमार श्रेष्ठ, प्रशिक्षकद्वय शारदा पौडेल र नरबहादुर के.सी.ले प्रशिक्षण सञ्चालन गरेका छन् ।









