काठमाडौं, १९ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले सदनको बैठक आह्वान गरेकी हुन्।
बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु