विराटनगर – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार ५ जना मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । मन्त्री नियुक्त भएकाहरुलाई आजै साँझ सपथग्रहण गराइएको छ ।
योसँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय पुगेको छ । संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । यस्तै मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।
मुख्यमन्त्री आचार्यले बुधबार मात्रै प्रदेशसभाबाट विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु