बुटवल०४ असोज – नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई एक स्थानीयलले मुक्का प्रहार गरेका छन् ।
गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।
पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए।
मुक्का उज्याउदै मेयर सुवेदीमाथि जाई लागेका युवालाई सुवेदीसँगै रहेका नगर प्रहरीले रोकेका थिए। मुक्का उज्याउदै गएका युवा नगर प्रहरीले रोकेपछि भुइँमा लडेका थिए। मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ। ति युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ।
लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्। उनले झण्डै एकम हिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्।