चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ गोब्रनीमा विश्वकर्मा बाबाको मन्दिर स्थापना गरिएको छ । असोज १ गते विश्वकर्मा बाबाको पूजाको अवसर पारेर प्रमुख अतिथि ललितमान तामाङ्गले उक्त मन्दिरमा उद्धघाटन गर्नुभएको हो । मन्दिर निर्माण कार्यसमितिको संयोजकत्वमा संयोजक ॐ बुद्ध ज्र्वलस, मिलनरोड नारायणगढका सुरेश विश्वकर्मा र जन सम्पर्क संयोजक सुक बहादुर रसाईलीको सक्रियतामा पूजाआजा सम्पन्न गरिएको थियो ।
कार्यक्रमका सभापति धन बहादुर विश्वकर्मा प्रमुख अतिथि ललितमान तामाङ, विशिष्ट अतिथिमा सुन चाँदी व्यवसाय महासंघका बरिष्ठ उपाध्यक्ष एवं विश्वकर्मा सुनचाँदी सञ्जाल का संयोजक अर्जुन रसाईली थिए ।
यस्तै महासंघका केन्द्रीय सदस्य चित्र बहादुर विश्वकर्मा (ख्याति) , विशेष अतिथि मा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष,सुनचाँदी महासंघका उपाध्यक्ष टेक बहादुर विश्वकर्माले विश्वकर्मा पूजा र यसको धार्मिक महत्व र आस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बिजय घिमिरे , रुबीन रामुदामु , विष्णु विश्वकर्मा सहभागिता रहेको थियो ।
सहभागी अतिथिहरुले हरेक सामाजिक क्रियाकलापमा सबैजना एकता भई अघि वढ्नु पर्ने धारणा राखेका थिए ।
मन्दिरको शिलान्यास २०७७ चैत्र ७ गते शिलान्यास भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य सुरेश विश्वकर्माले गर्नु भएको हो ।
सो क्रममा सुरेश विश्वकर्माको स्वर्गीय बुवा तथा स्वर्गीय आमाको स्मृतिमा गणेश र लक्ष्मीको मूर्ति र व्यानार गरी दशहजार रुपैयांँ सहयोग गर्नुभएको थियो । यसै गरी विभिन्न व्यवसायी तथा दाताहरुले मन्दिर निर्माण र संरक्षणका लागि आर्थिक सहयोग गरेका थिए। कार्यक्रमको सञ्चालन उद्घोषण विश्वकर्मा मन्दिर निर्माण समितिका सचिव बिनोद विश्वकर्मा र निसान लामगादे गर्नुभएको थियो ।