चितवन – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका अधिवेशनमा भरतपुर महानगरपालिकामा मत गणना शुरु भएको छ । जारी मतगणनामा पांँचजनाको उम्मेदवारी परेपनि दुईजनाको प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणाम अनुसार भरत अधिकारी र चित्रसेन अधिकारी मत परिणाममा तीब्र प्रतिस्पर्धा देखिएको हो । जस अनुसार ५०० मत गणना हुंँदा चित्रसेन अधिकारीले २१७ मत प्राप्त गरेका छन भने , भरत अधिकारीले १८३ मत प्राप्त गरेका छन । अन्य उम्मेदवार को मत परिणाम निकै कम देखिएको छ । निर्वाचनका अन्य उम्मेदवारमा हिरामणी अधिकारी, वचन कार्की र अर्जुन रिजाल पनि चुनावी मैदानमा छन ।
आज (आइतबार) महानगर समिति चयनका लागि बिहान ९ बजे देखि शुरु भएको निर्वाचन ४ ः ३० बजे सकिएको थियो ।
भरतपुर महानगरपालिका मङगलपुरस्थित अतिथि पार्टी प्यालेसमा भएको निर्वाचनमा कुल १४८५ जना मतदाता रहेको भरतपुरमा १४६६ मत खसेको मतदान अधिकृत श्रीराम दवाडीले जानकारी दिए ।
भरतपुर महानगर मत परिणाम अपडेट: ५०० गन्दा ३० मतले चित्रसेन अगाडी
भरतपुर महानगर मत परिणाम अपडेट: ५०० गन्दा ३० मतले चित्रसेन अगाडी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु