काठमाडौं, १३ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक बिहीबार बिहान १० बजेका लागि बोलाइएको हो ।
संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाइएको हुन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएको रातोपाटीलाई बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
एमालेले माधव कुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ । तर सभामुखले भने यो विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै आफूले केही गर्न नसक्ने जनाउँदै आएका छन् । त्यसपछि आक्रोशित बनेको एमालेले संसद्मा नाराबाजी गर्दै अवरोध गर्दै आएको छ । अवरोधकै बीच पनि संसद्बाट अध्यादेश तथा विधेयकहरू पारित भइरहेका छन् ।