काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्ष करसमेत १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चसक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ ।
लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक १२ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु