चितवन । नेपाल कम्युनिष्ट पार्टी (माले)को आठौं राष्ट्रिय महाधिवेशन आउंँदो मंसिर २७ गतेदेखि कात्तिक २९ गतेसम्म चितवनमा हुने भएको छ । नेकपा (माल)े आठौं राष्ट्रिय महाधिवेशन मुल समितिले आज नारायणगढमा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य तथा मुल व्यवस्थापन समितिका संयोजक दिनानाथ घिमिरेले कात्तिक २७ देखि नारायणगढको नारायणी कला मन्दिरमा मालेको राष्ट्रिय महाधिवेशन गरिने निश्चित भएको जानकारी दिनुभयो । उहांँका अनुसार मंसीर २७ गते १ बजे महाधिवेनशको उद्धघाटन , २८ गते पार्टीका ८ वटा दस्तावेजमाथि छलफल गर्ने ,र २९ गते नेतृत्व चयन र पार्टीका २० वटा विभागका पदाधिकारी सहित सदस्यहरुको चयन गरिने छ र सोही दिन घोषणा सभा हुनेछ ।
सो अवसरमा बोल्दै घिमिरेले अबको पार्टीको एजेण्डा पहिलेको भन्दा फरक रहने बताउनु भयो । ‘देशमा अहिले चार खालका शक्ति रहेछन, उहांँले भन्नुभयो , कम्युनिष्ट शक्ति, प्रजातान्त्रिक शक्ति , वामपन्थी एवं राष्ट्रवादी शक्ति र वैकिल्पिक शक्ति , यी सबैसंँग समन्वय र सहकार्य गरेर अघि बढ्नेछौं ।’ नेपाल कम्युनिष्ट पार्टी पटक पटक फुट्ने र विघटन हुंँदै आएको भन्दै उहांँले मालेले आगामी दिनमा चार शक्तिको समिश्रण गरी प्रगतिशिल लोकतान्त्रिक शक्तिको निर्माण गर्ने लक्ष्य लिएको बताउनु भयो ।
पार्टीका पोलिट व्युरो सदस्य भगवती घिमिरेले देशमा लोकतन्त्र आएपनि हालसम्म कुनै ठोस काम नभएको, जनताले परिवर्तन को अनुभव गर्न नपाएकोले महाधिवेशन पश्चात एमालेले आफ्नो स्पष्ट खाका तयार पार्ने बताउनु भयो । महाधिवेशनले नयांँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य लिएको र प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत प्रमुख कार्यकारिणी चयन गर्ने र संवैधानिक प्रणाली मार्फत राष्ट्रपति चयन गर्ने पार्टीको मुल एजेण्डा रहेको उहांँको भनाई छ ।
महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधि सहभागी हुने बताईएको छ । यसअघिको महाधिवेशन जस्तै आठौं महाधिवेशनमा ७५ सदस्यीय केन्द्रीय कमिटि रहनेछ । महाधिवेशनको कुल खर्च २० लाख रुपैंया हुने अनुमान गरिएको र यसको श्रोत पार्टीका सदस्यको लेवी र स्वतस्फुर्त सहयोगबाट गरिने स्थायी कमिटि सदस्य दिनानाथ घिमिरेले जानकारी दिनुभयो ।
नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन कात्तिक २७ गतेदेखि चितवनमा
नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन कात्तिक २७ गतेदेखि चितवनमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु