चितवन। भरतपुर महानगर पालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पव्लिक स्कुलमा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । ग्रीनल्याण्ड पव्लिक स्कुलको आयोजनामा आइतबारबाट उक्त तालिम सुरु गरिएको हो ।
संस्थागत सामाजिक उत्तर दायित्व बहन अन्तर्गत यो तालिम शुरु गरिएको स्कुलकी प्रधानाध्यापक इन्दिरा कार्कीले जानकारी दिनुभयो र्। ै सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास, नेतृत्व र स्तरोन्नतरमा पर्ने भएकाले तालिमको आयोजना गरिएको कार्कीले बताउनुभयो । क्षमता बृद्धि र विकासका लागि स्कुलले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रधानाध्यापक कार्कीको भनाई छ ।
कार्यक्रममा भरतपुर–१२ का वडाध्यक्ष नरेन्द्र कन्दङवा, मेट्रो प्यावसनका अध्यक्ष लेखनाथ खनाल, सहायक प्रधानाध्यापक उपेन्द्र आचार्य, अतिरिक्त क्रियाकलापका प्रमुख प्रतीक्षा पन्त लगायतले आफ्नो धारणा राख्नु भएको थियो । तालिम मंसीर १७ गतेसम्म चल्नेछ ।
वडा नम्बर १२ का २१ टोलका २÷२ जना प्रतिनिधि सहभागी रहेका थियो । तालिममा सञ्चारकर्मी मनोज पन्तले प्रशिक्षण दिने छन् ।