काठमाडौं । कांग्रेस सभापतिमा उमेदवारी दिएका शेखर कोइरालाले आफूले जित शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई सम्मानका साथ राखेर पार्टीलाई अघि बढाउने बताएका छन् । मतदानको पूर्वसन्ध्यामा आइतबार बेलुका नेता कोइरालाले आफूले जितेमा आगामी तीन तहको निर्वाचनमा कांग्रेसले जित्ने पनि दाबी गरे ।उनले अब कांग्रेसको नेतृत्व परिवर्तन हुने ठोकुवासमेत गरे ।
“देशमा जवाफदेहीता र पारदर्शीतामा चल्न आवश्यक छ । नेतृत्व पारदर्शी हुनुपर्छ । देशको प्रधानमन्त्री, हाम्रो सभापतिले निराश पारिदिनुभयो। म हारेँ भने यो गठबन्धन सरकार जान्छ भन्नुभयो । नेतृत्व परिवर्तन हुन्छ, हुन्छ । तर, यो गठबन्धनलाई सुदृढ कांग्रेसले अझ बलियोसँग निर्वाचनसम्म पुर्याउनुछ । प्रधानमन्त्री हुनुहुन्छ शेरबहादुर देउवा, वरिष्ठ र सम्मानित नेता रामचन्द्र पौडेल उहाँहरूलाई सम्मानसाथ राखेर कांग्रेस अघि बढ्नेछ । आगामी तीन निर्वाचन स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई जित्नेछ,” उनले भने ।
उनले आफूहरूको टिमले सविधानलाई समृद्ध बनाउने पनि बताए ।
“हाम्रा केही संकल्पहरू छन् । देश संघीय लोकताज्त्रिक गणतन्त्रमा पुगेको छ । हाम्रो टिमले देशको संविधानलाई समृद्ध बनाउँछ । नयाँ ऊर्जासहित समृद्ध र गतिशील कांग्रेस बनाउँदैछौँ,” उनले भने ।
डाक्टर कोइराला भन्छन : आफूले चुनाव जिते देउवा र पौडेललाई सम्मानका साथ राखेर पार्टीलाई अघि बढाउंंछु
डाक्टर कोइराला भन्छन : आफूले चुनाव जिते देउवा र पौडेललाई सम्मानका साथ राखेर पार्टीलाई अघि बढाउंंछु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु