चितवन। नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चितवनका दिनेश कोइराला निर्वाचित हुनुभएको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ कोइराला निर्वाचित हुनुभएको हो । कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए । कोइराला २८ नम्वरमा पर्नुभएको छ । औपचारिक घोषणा हुन बाँकी छ । कोइराला नेपाली कांँग्रेसको राजनीतिमा निष्ठावान, शालीन र सक्रिय नेताको रुपमा परिचित हुनुुहुन्छ ।
खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य मधेशी खुलाका लागि भएको मतदानको गणना सुरु भएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु