चितवन । देशभर लगायत चितवनमा भोलिबाट जलचरा गणना शुरु हुने भएको छ । हरेक बर्ष जनवरी १ देखि १६ तारिख सम्म जलचरा गणना गरिंँदै आएको छ । सोही अनुसार अन्र्तराष्ट्रिय संस्था वेटल्याण्ड इन्टरनेशनलले जनवरी १ देखि विश्वभर चरा गणना गर्ने काम गर्दछ । सोही अनुसार चितवन लगायत देशभर चरागणना शुरु गर्न लागिएको वेटल्याण्ड इन्टरनेशलका राष्ट्रिय संयोजक चराविद डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । उहांँका अनुसार देशभरका निकुञ्ज तथा चरा संरक्षित क्षेत्रमा टोली विभाजन गरी चरा गणना शुरु गरिनेछ । यसैगरी चितवनमा पनि यसको प्रक्रिया शुरु गर्न थालिएको छ । नेपाल पंक्षीविद संघ वाग्मती प्रदेशका संयोजक वासु विडारीले चितवनको हकमा ३ वटा क्षेत्र र पांँचवटा समुह बनाएर जलचरा गणना शुरु गर्न लागिएको जानकारी दिनु भयो । उहांँका अनुसार राप्ती नदी, नारायणी नदी तथा निकुञ्ज क्षेत्रका ताल तलैया तथा मध्यवर्ती क्षेत्रका ताल तलैया सिमसार क्षेत्रमा चरा गणना गरिदैंछ ।
चरा गणनामा चराहरुको प्रजाति , संख्या गणना गर्ने गरिन्छ । गणना गर्ने प्रक्रिया छिट्टै सकिने भएता पनि यसको प्रजाति, संख्या छुट्टाएर कुल संख्या गणना गर्न समय लाग्ने र अन्तिम गणना गरी वेटल्यान्ट इन्टरनेसलमा पठाईने विडारीले जानकारी दिनुभयो । गणनामा एउटा समुहमा कम्तिमा १० जना रहने र एकजना टीम कोर्डिनेटर रहने उहांँले बताउनु भयो । उहांँका अनुसार चितवनको चरा गणनामा उनी लगायत , टीका गिरी, टेक गुरुङ्ग, रमेश चौधरी र हठन चौधरीको संयोजन रहनेछ ।
र देशभर ६०हजारको संख्यामा चराहरु छन् भने चितवनमा १० हजार भन्दा बढी चराहरु रहेको अनुमान छ । नेपालमा सबैगरी ८८७ प्रजातिका चरा पाईने गर्दछ भने चितवनमा मात्रै ६५० प्रजातिका चरा पाईन्छन । हांँस प्रजातिमा खोयाहांँस, चखेवाचखेवी लगायत अन्य जलचराहरुको गणना गरिन्छ ।