चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नारायणी इग्लिस पब्लिक स्कुलले ब्रिटिश काउन्सिल इन्टरनेश्नल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको छ । यस बिद्यालयले वर्ष २०२१–२०२४ को लागि इन्टरनेश्नल अवार्ड प्राप्त गरेको हो ।
स्कुलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड प्राप्त गरेको जनाएको हो । शिक्षा बिकास मानब श्रोत केन्द्रका प्रमुख चूडामणि पौडेल र ब्रिटिश काउन्सिलका दक्षिण एसिया क्षेत्रीय प्रमुख एमी लाईटफुटले संयुक्त रुपमा नेपालका बिजेता स्कुलहरुको नाम घोषणा गर्नु भएको स्कुलका अध्यक्ष एबं प्रबनध निर्देशक राजेश्वर खनालले बताउनुभयो ।
नेपालका ५३ वटा बिद्यालयले यस बर्ष आईएसए पाएको उहाँले बताउनुभयो । यसका लागि स्कुलले सातवटा परियोजना वनाएर पेश गरेको थियो । जुन परियोजना अन्तर्गत तीन वटा परियोजना छनोटमा परेका थिए । शैक्षिक गुणस्तरको अन्तराष्ट्रिय मापदण्ड अनुसार क्रियाकलाप गर्ने बिद्यालयहरुलाई यो पुरस्कार दिईने गरिन्छ ।
आईएस्ए कार्यक्रमका संयोजक नविन बगालेका अनुसार स्कुलले अफगानिस्थानको बिद्यालय संग समन्वय गरेर अध्ययन गराईएको बताउनुभयो । यो पुरस्कार प्राप्त गरि सकेपछि बिद्यार्थीहरुले बेलाएतमा के कसरी पढाई भईरहेको छ भन्ने बिषयमा ज्ञान लिन पाउने छन् । इन्टरनेस्नल अवाड प्राप्त गरेसँगै विद्यार्थीहरुलाई पाठ्यक्रममा विश्वव्यापी बिसय बस्तु सम्मिलित गर्ने पद्धति प्रयोगरी पढाईने उहाँले जानकारी दिनुभयो । बेलायतका बिद्यायहरुसँग यस स्कुलले सहकार्य गर्ने अबसर प्राप्त गरेको बगालेले बताउनुभयो ।
नारायणी पब्लिक स्कुलले पायो आईएसए अवार्ड
नारायणी पब्लिक स्कुलले पायो आईएसए अवार्ड

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु