चितवन । भरतपुरमा अनियन्त्रित भई कन्टेनर बिजुलको पोलमा ठोकिएर पल्टदांँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिकाका मेघराज खत्री रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विस्तार भइरहेको नारायणगढ –गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा उनको मृत्यु भएको हो । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो २ बजेर २० मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो । चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा २ बजेर ४८ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु