चितवन – देशभर भोलि प्रर्दशन गरेसंँगै अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी) ले भोलि (आइतबार) चितवनको चौबीसकोठीमा बृहत प्रदर्शन गर्ने भएको छ ।
आज (शनिबार) एकीकृत समाजवादीले भरतपुरमा पत्रकार सम्मेलन गरेर आइतबार दिउसो विरोध प्रदर्शन बारे जानकारी दिईएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला कमिटी उपसचिव एवं मोर्चा संगठन संयोजक नरेन्द्र कन्दङ्ग्वाले पार्टीको केन्द्रको निर्णय अनुसार नै भोलि चितवनमा प्रदर्शन गर्न लागिएको जानकारी दिए । प्रदर्शनमा युवा संघ नेपाल, अनेरास्ववियू, अनेमसंघ (समाजवादी), अनेकिम महासंघ, पेशागत महासंघ नेपाल (समाजवादी), नेपाल खेलकुद महासंघ (समाजवादी), नेपाल दलित मुक्त्ति संगठन लगायतको सहभागिता रहने कन्दङ्ग्वाले बताए । कार्यक्रममा जिल्लाका नेताहरुले सम्बोधन गर्नेछन ।
अमेरिकाले कुनैपनि बुंँदा संशोधन नगरेको र एमसीसी जनता र राष्ट्रको हित विपरीत भएकोले प्रर्दशन गर्न लागिएको समाजवादी नेताहरुको दाबी छ ।
ईतिहासका बिभिन्न कालखण्डमा गरिएका असमान सन्धि सम्झौताको पीडा भोगिरहेका नेपाली जनतालाई एमसीसीको अर्को पीडा स्वीकार्य नहुने पार्टीका केन्द्रीय सदस्य एवं भरतपुर महानगर कमिटी इन्चार्ज सूर्य लामिछानेले बताए । भोलिको प्रदर्शन सरकारको विरोधमा नभई अमेरिकी सरकारकोे विरोधमा आयोजना गरिएको उनको भनाई छ ।
अमेरिकी अधिकारीहरुले पनि संशोधन नहुने अडान दोहोराएपछि वाध्य भएर अन्य कदम चाल्नु परेको समेत उनले बताए ।
अमेरिकी अधिकारीले बारम्बार दिईरहेको ताकेता र धम्किपूर्ण आशय र दबाबले पनि एमसीसी स्वीकार गर्ने अडानमा पार्टी रहेको उनको भनाइ थियो । उनले भोलिको प्रदर्शनमा सहभागिताको लागि विभिन्न संग संगठन , संस्थार नागरिकलाई आह्वान समेत गरेका छन । कार्यक्रममा जिल्ला, नगर तहका एकीकृत समाजवादी पार्टीका विभिन्न नेताहरुको सहभागिता थियो ।
एमसीसीको विरोधमा एकीकृत समाजवादी द्धारा भोलि चौबीसकोठीमा बृहत प्रर्दशन
एमसीसीको विरोधमा एकीकृत समाजवादी द्धारा भोलि चौबीसकोठीमा बृहत प्रर्दशन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु