चितवन । भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छिन ।सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गरी नगर विकासको महानगरको अभियानलाई सार्थक बनाउन दाहालले निर्माण ब्यवसायीलाई निर्देशन दिएकी हुन् ।
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको निर्माण व्यवसायी र सरकारी कार्यालयका अधिकारी बिचको कार्य समिक्षा बैठकमा यस्तो निर्देशन दिईएको हो । सो अवसरमा निर्माण व्यवसायीको समस्या सुनेपछि महानगर प्रमुख दाहालले धेरै वाहानावाजीब गरेर काममा ढिलाई गर्ने छुट अब निर्माण व्यवसायीलाई नभएको बताईन् । महानगरमा विकासका लागि बजेट पार्न भन्दा पनि निर्माण कार्य सम्पन्न गर्न ठुलो चुनौति रहेको उनको भनाई थियो । निर्माण व्यवसायीले गरेको काम बाट आफु खुसी नभएको बताउँदै उनले निर्धारित मितिमा काम सम्पन्न नगरे अब समय थप नहुने चेतावनी दिईन् ।
निर्माण व्यवसायीलाई परेको समस्या समाधानमा महानगर जुनसुकै बेला पनि तयार रहेको भन्दै दाहालले ईमान्दारीपुर्वक काम गर्न निर्मार्ण व्यवसायीलाई आग्रह गरिन । सो अवसरमा निर्माण व्यवसायीहरुले खानेपानी, वन बिद्युतका कारण निर्र्माण कार्य समयमै हुन नसकेो बताएका थिए ।
त्यस्तै माटो र ग्राबेलको अभावका कारण पनि काम गर्न समयमै नसकिएको बताएका थिए । मेयर दाहालले प्रक्रिया पुराएर कबिलासमा ६ ठाउँमा उत्खन्नको अनुमति दिने र नदीमा पनि ठेक्का लगाउने बताएकी थिईन् ।
समय भित्रै बाकी काम सक्नुस् : उपमेयर ठकुरी
सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीले ईमान्दारी पुर्वक काम गरेर महानगरको विकासमा साथ दिन आग्रह गरिन । निर्माण व्यवसायीले समयमै राम्रो र गुणस्तरीय काम गरेमात्रै आफुहरुले गरेको मेहनत देखिने भन्दै उनले यही चैत्र सम्म बाकी सबै आयोजनाको काम सक्न निर्देशन दिईन् ।
गुणस्तरमा बिशेष ध्यान दिनुस स् सहायक प्रजिअ शर्मा
कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माले एकले अर्कालाई दोष लगाएर भन्दा पनि सबैले समन्वय गरेर विकासको काम गर्नु पर्ने बताए । आवस्यक समन्वय र शान्ति शुरक्षाका हकमा प्रशासन तयार रहेको भन्दै निर्माण कार्यगर्दा गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरे । गुणस्तर हिन काम गर्ने र समयमै काम नगर्नेहरु माथी प्रशासन कडा बन्ने उनले चेतावनी दिए ।
कर्यक्रममा भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निर्माण व्यवसायीले अरुलाई मात्रै दोष नदेखाई आफनो जिम्मेवारी अन्त्रगतको काम प्रभावकारी तवरबाट गर्न निर्देशन दिए ।
छलफलमा सहभागी सबै जसो निर्माण व्यवसायीले आफुले संचालन गरेको आयोजनाको कार्यप्रगतीका बारेमा जानकारी गराएका थिए भने सरकारी कार्यालयका अधिकारहिरुले काममा आवस्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए ।