चितवन । लामोसमयदेखि रोकिएको नेपाली कांँग्रेस चितवनको अधिवेशनको मतदान प्रक्रिया सकिएको छ ।
नारायणगढको नारायणी कला मन्दिरमा बिहान सांँढे ६ बजेदेखि शुरु भएको मतदान प्रक्रिया सांँझ सवा ६ बजे सकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकारी ज्ञानेन्द्र अधिकारीका अनुसार कुल २९४४ मतदातामध्ये २८२० मत खसेको छ । सबै प्रक्रिया पुरा गरेर राती १० बजेपछि मतगणना शुरु गरिनेछ । सबैभन्दा पहिला सभापतिको मतगणना हुने र सभापति उम्मेदवारको अन्तिम नतिजा आएपछि क्रमश अन्य पदाधिकारी तथा सदस्यको मतगणना शुरु गरिने उहांँले जानकारी दिनुभयो ।
सभापतिका लागि पाँच जना चुनावी मैदानमा हुनुहुन्छ । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतर समूहबाट राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइराला रहनु भएको छ । खनाललाई शेखर कोइरालाको राम्रो साथ छ भने जोशीलाई डा.शशांका कोइराला र घिमिरेले रामचन्द्र पौडेलको साथ छ । कोइरालालाई भने कुनै समूहले पनि आफ्नो मानेको छैन ।सभापतिको लागि पांँचजनाको उम्मेदवारी परेपछि दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणको मतदानमा खसेको मतदान भन्दा ५० प्रतिशत भन्दा कम आउने सभापतिका उम्मेदवार बाहिरेने चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
अन्य पदाधिकारी तथा सदस्यको हकमा जसले बढी मत ल्याउने छ उही उम्मेदवार निर्वाचित हुनेछन ।
नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि मतदान सुरु भएको थियो । जिल्ला सभापति जितनारायण श्रेष्ठले मतदान गरेर मतदान कार्य शुभारम्भ गर्नु भएको थियो । त्यसलगत्तै सभापतिका उम्मेद्वारहरु मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले मतदान गर्नुभएको थियो । कांँग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको र राष्ट्रिय राजनीतिमा समेत चितवनको प्रभाव रहेकोले यस निर्वाचनलाई निकै चासोको रुपमा हेरिएको छ ।