चितवन । गठन भएको छोटो समयमै पश्चिम चितवन पत्रकार मञ्चले विभिन्न रचनात्मक कार्यलाई अघि बढाउन थालेको छ । मञ्चले आगामी दिनमा गरिने विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यलाई प्राथमिकता दिन शुरु गरेको हो । यसै क्रममा मञ्चले बिहीबार बैठक बसी विभिन्न चार निर्णय गरेको जानकारी दिएको छ ।
मन्चका अध्यक्ष अपिल घिमिरे बाट प्रस्तुत प्रस्ताव माथि छलफल भएको थियो ।मञ्चले पश्चिम चितवन को चनौली बजारमा आगामी वैशाख १ गते मञ्चको कार्यलयको उद्घाटन गरिने घिमिरेले बताए ।यसका लागि मन्चका सचिवालय सदस्य रामशरण गैरेलाई जिम्मेवार दिईएको छ। यस्तै नयाँ बर्ष २०७९ सालको शुभकामना भित्ते पात्रो प्रकाशन गर्ने निर्णय गरी मञ्चले उपाध्यक्ष अनिल भट्टराई र विज्ञापन संकलन गर्न कोषाध्यक्ष रबिन सुवेदी लाई तोकेको छ।
चुनाव लक्षित पत्रकार क्षमता अभिवृद्धि गर्न सह सचिव विवेक पोख्रेल ले समन्वय गर्ने निर्णय भएको छ त्यस्तै बिधान बमोजिम मञ्च का आफ्ना क्षेत्र भित्र रहेका पत्रकार हरुलाइ सदस्यता वितरण गर्ने गरिने र खाता सञ्चालन गरिने भएको अध्यक्ष घिमिरेले जानकारी दिए । बैठकमा दोश्रो पूर्ण बैठक,आर्थिक संकलन, वनभोज ,लेटर प्याड, रसीद छपाई लगायतका विषयमा छलफल भएको सचिब हेमराज रिमालले बताए ।
रचनात्मक कार्यलाई अघि बढाउंँदै पश्चिम चितवन पत्रकार मञ्च
रचनात्मक कार्यलाई अघि बढाउंँदै पश्चिम चितवन पत्रकार मञ्च
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु