चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू माओवादीको मात्रै नभई देशकै अध्यक्ष भएको बताउनु भएको छ । आज भरतपुरमा भरतपुर महानगरपालिकाको नयांँ प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा बोल्दै उहांँले माओवादीले इतिहासमा गर्दै आएको काम र योगदानको मुल्याँंकन गर्न सुझाव दिनु भएको हो ।
अहिले देशलाई संकट पर्दा आफूले समस्या पर्दा आफूले समाधान गरेको बताउंँदै आफू माओवादीको अध्यक्ष मात्र नभई देशकै अध्यक्ष भएको बताउनु भयो । ‘म माओवादी केन्द्रको अध्यक्ष मात्रै जस्तो लाग्दन आजभोली, राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ , उहांँले भन्नु भयो, देशमा कुनै अप्ठ्यारो पर्यो भने बचाउनै पर्ने नबचाई नहुने भारी बोकेर हिंडेजस्तो लाग्छ ।’ प्रत्येक पटक देशमा संकट आउंँदा आफूले टार्दै आएको उहांँले बताउनु भयो ।
स्वर्गीैय गिरिजा प्रसाद कोइरालाले सहकार्य सहमती र एकताको मुल मन्त्र अनुसार भनेको कुरा कांँग्रेसले विर्सेको तर आफूले सोही बाटो अपनाउंँदै आएको उहांँको भनाई थियो । स्व कोइरालाले जीवनको उत्तराद्र्धमा आफूले दिएको देशको जिम्मेवारी पुरा गर्दै आएको समेत उहांँले बताउनु भयो ।
उहांँले सो अवसरमा बोल्दै आगामी निर्वाचनमा कांँग्रेस सहकार्य नभएपनि आफूलाई कुनै आपत्ति नभएको समेत बताउनु भयो ।
‘अहिले आजभोली केही साथीहरु भन्न थाल्नु भा छ मिलेर जाने होइन आ –आफ्नो ढंगले जानुपर्छ , उहांँले भन्नुभयो ठिकै छ आफ्नो आफ्नो ढंगले गएपनि जान दिनुपर्छ, हामीलाई आपत्ति छैन ।’ ‘आफ्नै ढंगले गएको भए देशमा शान्ति हुन्थ्यो ? आफ्नै ढंगले गएको भए संविधान बन्थ्यो ?’ उहांँको प्रश्न थियो । उहांँले राष्ट्रिय राजनीतिमा धेरै बोल्न नचाहेको बताउंँदै अधिकांश समय भरतपुरको विकासको बारेमा चर्चा गर्नुभएको थियो ।