चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित नारायणगढको मिलनरोड टोल विकास संस्थाले भित्तेपात्रो विमोचन तथा बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज नारायणगढमा एक कार्यक्रमका बीच नयांँ बर्षको अवसर पारेर शुभकामना आदान प्रदान एवं भित्तेपात्रो विमोचन र साधारण सभा सम्पन्न गरेको हो ।
भित्तेपात्रो विमोचन कार्यक्रमका प्रमुख अतिथि वडाका कार्यबाहक अध्यक्ष यम बहादुर वाचेमगर, विशिष्ट अतिथि वडा सदस्य राममाया पिया, संस्थाका अध्यक्ष चित्र बहादुर खाती लगायत वडाका अन्य टोलविकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिले गर्नुभएको थियो ।
विमोचनपछि बोल्दै प्रमुख अतिथि वाचेमगरले आफूहरुले वडावासीको साथ सहयोगले नै गत स्थानीय निर्वाचनमा सदस्य पदमा विजेता बनेको भन्दै वडावासीको मन जित्ने हरदम प्रयास गरेको बताउनु भयो । आसन्न निर्वाचनमा समेत आफूले वडा अध्यक्षको टिकट पाए विगतका कमी कमजोरीलाई सुधार गर्दै वडा तथा टोल विकासको लागि लागि पर्ने वाचे मगरले बताउनु भयो । सो अवसरमा उहांँले नयांँ बर्षको अवसरमा शुभकामना आदान प्रदान गर्दै वडाबासीको उत्तरोउत्तर प्रगतिको कामना गर्नु भयो ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथि राममाया पियाले मिलनरोड संस्थाले वडासंँग सहकार्य गरी विभिन्न रचनात्मक काम गरेको भन्दै प्रशंसा गर्नुभयो । मिलनरोड बजार चितवनको मुटु र विस्तारित बजार भएपनि उचित पार्किङ्ग व्यवस्था नहुंँदा समस्या भएको बताउनु भयो । आफू सधै वडाको जुनसुकै काममा पनि जहिलेपनि हातेमालो गर्न तयार भएको पियाले बताउनु भयो ।
प्रगतिपथ टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले मिलनरोड बजार विस्तारले फड्को मारेपनि दिर्घकालिन रुपमा पार्किङ्गको समस्या समाधान गर्न जोड दिनुभयो । टोल विकास संस्थाले भाडावालासंँग पनि समन्वय गरी संस्थामा उनीहरुलाई आवद्ध गर्नुपर्ने श्रेष्ठको भनाई थियो । भृकुटीपथ टोल विकास संस्थाका अध्यक्ष ईन्दिरा श्रेष्ठले वडाका टोलविकास संस्थाका बीच वडाका सरसफाई लगायत अन्य रचनात्मक कार्यक्रममा आवश्यक समन्वय ,सहकार्य र भातृत्वको विकास हुनुपर्ने बताउनु भयो ।
विश्वकर्मा सहकारी संस्थाका अध्यक्ष विपिन रामुदामुले मिलनरोड चितवनकै व्यस्त र महंगो स्थान भएपनि कतिपय सुधार्नुपर्ने बिषय रहेको बताउनु भयो । बजार भीड र अस्तव्यस्त रहेकोले रामुदामुले पुराना व्यवसायीलाई संगै लैजानुपर्ने उहांँको धारणा थियो । समयमै यो बजार व्यवस्थापन गर्न नसके बजार विस्थापित हुने खतरा रहेको उहांँको भनाई थियो ।
सो अवसरमा सुझाव दिनुहुदैं अग्रज व्यवसायी तथा सामाजिक व्यक्तित्व ज्ञानेन्द्रमान शाक्यले घरको व्यवस्थापन गर्न सके टोलको विकास गर्न सकिने र टोलको विकास गर्न सके देशका्े विकास गर्न सकिने बताउनु भयो । टोलको विकासको लागि टोलवासी एक हुनुपर्ने, भाडामा व्यवसाय गरेका व्यवसायीलाई पनि साथसाथै लैजानुपर्ने शाक्यले बताउनु भयो । टोलको विकास र यसलाई स्थापित गर्न रात्री बजार समेत संचालन गर्न सकिने उहांँको भनाई थियो ।
मिलनरोड टोल विकास संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति खातीले छोटोसमयमै संस्थाले धेरै काम गर्न सफल भएको बताउनु भयो । टोलको पार्किङ्ग व्यवस्थापन , सडक विस्तार एवं सरसफाई लगायतका काम गर्न संस्थाका पदाधिकारी एवं सदस्यहरुको सक्रियताबाट संभव भएको बताउनु भयो । आफूले टोलको ढल, पिच निर्माण कार्यको संयोजक भएर काम गरेको बताउंँदै अध्यक्ष खातीले आगामी दिनमा टोलवासीको साथ , सहयोग सुझाव बमोजिमलै अघि बढ्ने बताउनु भयो । पार्किङ्ग व्यवस्थापन तथा सहज बनाउन ट्राफिक तथा सरोकारवाला बीच छलफल भईरहेको उहांँले बताउनु भयो ।
बार्षिक साधारण सभाको कार्य प्रगति प्रतिवेदन संस्थाका सचिव दिनेश पियाले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष निलेनमान शाक्यले गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज व्यवसायी तथा सामाजिक व्यक्तित्व ईश्वरलाल रामुदामु, निवर्तमान अध्यक्ष ध्रुवलाल पिया, सुनचांँदी साकोसका अध्यक्ष बाबुराम रामदाम ,समृद्धि फाइनान्स, नारायणगढका प्रबन्धक विकास सापकोटा, उत्सव खाती लगायतले शुभकामना मन्तव्य तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो । सो अवसरमा टोलको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै संस्थाका सहसचिव राज्यलक्ष्मीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।