चितवन । चितवनमा व्यवसाय प्रर्वद्धनमा सूचनाका विषयमा गोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिसको अवसरमा उद्योग वाणिज्य संघ–चितवन र कम्प्यूटर एशोसियसन अफ नेपाल चितवनले मंगलबार नारायणगढमा उक्त गोष्ठी आयोजना गरेको हो। उक्त अन्तरक्रिया कार्यक्रममा उवासंघका अध्यक्ष चुननारायण श्रेष्ठले अबको व्यवसाय प्रवद्र्धन ‘हार्डवर्किङ्ग’को जमाना बाट ‘नेटवर्किङ्ग’को जमानामा प्रवेश गरेको बताए । उनले प्रविधि र व्यवसायलाई जोड्नुपर्ने अपिरहार्य भएको बताए । उनले अहिलेको बजार बृहत भएको बताउँदै प्रतिष्पर्धामक रुपमा आफुलाई प्रविधि मैत्री बनाउन व्यवसायीलाई आग्रह गरे ।
सो कार्यक्रममा बोल्दै कम्प्यूटर एशोसियसन अफ नेपालका कार्यकारीणी सदस्य भानु शर्माले अबको व्यवसाय बिटुसी नभएर डीटुसी हुनुपर्ने बताए ।
व्यवसाय प्रवद्र्धन र सुचना प्रविधि विषयक प्रस्तुतीकरण साइबर कानुनका विज्ञ राजनराज पन्त र कम्प्यूटर एशोसियसन महासंघका कार्यसमिति सदस्य ई. कृष्ण पोखरेलले प्रस्तुतिकरण दिएका थिए ।
उक्त कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, तृतिय उपाध्यक्ष सिरिश पन्त, क्यानका वागमती प्रदेश उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, उद्योग वाणिज्य संघ–चितवका कार्यसमिति सदस्य, संघमा आवद्ध बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीसहित १५० जना कोसहभागिता रहेको थियो