चितवन । समृद्धि फाइनान्स नारायणगढ शाखाले ज्येष्ठ नागरिकलाई सम्मन तथा स्वास्थ्य परीक्षण गरेको छ । आज नारायणगढमा ज्येष्ठ नागरिक मिलन केन्द्रको समन्वयमा सम्मान पत्र र दोसल्ला सहित सम्मान गरेको हो । ७० बर्षदेखि माथिका बृद्ध हरुलाई गरिएको सम्मानमा ९७ बर्षका एक स्थानीय ज्येष्ठ नागरिकबाट कार्यक्रमको उद्धघाटन गरिएको थियो । एलाईभ हस्पिटल भरतपुरले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको थियो । हस्पिटलका डाक्टर सन्तोष सुबेदी स्टार्फ नर्स स्वस्तिका पौडेल र लक्ष्मण खरेल सहितको टीमले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
फाईनान्सले भरतपुर महानगरपालिकाका वडा नम्बर १ , २,४, ७ र १० का १२० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै फाइनान्सका सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्राईले संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउनभयो । ज्येष्ठ नागरिक समाजको पनि अभिभावक भएको र उनीहरुलाई माया र सम्मानको खांँचो हुन्छ भन्ने सन्देश दिन उनीहरुलाई सम्मान गरिएको उहांँको भनाई थियो ।
फाईनान्सका नारायणगढ शाखाका प्रबन्धक विकास सापकोटाले समाजमा ज्येष्ठ नागरिकलाई पनि माया र सम्मान दिनुपर्छ भन्ने सन्देश दिन पनि ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउनु भयो । ज्येष्ठ नागरिकको सुख समृद्धि,, सुस्वास्थ्य र दिर्घायुको कामनासहित सम्मान गरिएको सापकोटाले बताउनु भयो । फाईनान्सले महिनैपिच्छे विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसअघि फाइनान्सले यातायात मजदुरलाई वित्तीय साक्षरता, रक्तदान, सामुदायिक विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको थियो भने आगामी महिना पनि बृक्षारोपण, स्टेशनरी सामाग्री वितरणको कार्यक्रम राखिएको सापकोटाले जानकारी दिनुभयो ।
फाइनान्सको नारायणगढ सहित काठमाडौं, पोखरा,बुटवल ,हेटौंडा सहित पांँचवटा शाखा सञ्चालित छन । यी सबै शाखामा आज एकैपटक ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सापकोटाले बताउनु भयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका सरोजा हेयाजु, हरिहर मन्दिर व्यवस्थापन समितिका माला पिया लगायतको सहभागिता रहेको थियो ।