चितवन । कालिका नगरपालिकामा  काटेर फालेको अवस्थामा सालको गोलिया फेला परेको छ । आज अपरान्ह दिउसो २ बजे कालिका नगरपालिका वडा नम्बर ६ स्थित बाग्लुङ्ग टोलमा सालको ४ वटा गोलिया भेटिएको  हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कालिका नगरपालिका स्थित खोले सिमलको प्रहरी चौकीबाट गएको गस्ती टोलीले उक्त गोलिया फेला पारेको थियो । उक्त गोलिया प्रहरीले उदयपुर सामुदायिक वनलाई बुझाईएको जनाएको छ । 
तपाईको प्रतिक्रिया
	संबन्धित शिर्षकहरु
	
 

        
        
        
        
        
        
        
        
        
	 
	 
	 
	 
	 
	 
  		
	 
	 
	 
	 
	 
	 






