• समाचार
  • चितवन विशेष
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • आर्थिक
  • भिडियो
  • अन्तराष्ट्रिय
  • थप
    • खेलकुद
    • स्वास्थ्य / जीवनशैली
    • कृषि / पर्यटन
    • रोचक संसार
    • साहित्य
    • राशिफल
    • सम्पादकीय
×
   बुधबार, भदौ ३१, २०८२
बुधबार, भदौ ३१, २०८२
    • समाचार
    • चितवन विशेष
      • भरतपुर
      • रत्ननगर
      • खैरहनी
      • राप्ती
      • कालिका
      • माडी
      • ईच्छाकामना
    • राजनीति
    • समाज
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • मनोरञ्जन
    • विचार
    • आर्थिक
    • भिडियो
    • अन्तराष्ट्रिय
    • थप
      • खेलकुद
      • स्वास्थ्य / जीवनशैली
      • कृषि / पर्यटन
      • रोचक संसार
      • साहित्य
      • राशिफल
      • सम्पादकीय
    ☰

ताजा अपडेट

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै
  • ५ घण्टा 

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’
  • ५ घण्टा 

विचारः ‘सङ्कट अस्थायी हो, आशा स्थायी’
  • १८ घण्टा 

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव
  • १८ घण्टा 

ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी
  • १ दिन 

टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति
  • २ दिन 

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा
  • २ दिन 

तेस्रो संस्करणको चितवन गोल्डकप फुटबल तत्कालका लागि
  • २ दिन 

आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व
  • ३ दिन 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित

  •  संवाददाता
  • मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    डोटी ।जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् । अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो । नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारण रहेको गर्भलाई पतन गर्न पाउने सरकारले कानूनी मान्यता दिएपछि दातृ निकायको सहयोगमा जिल्लामा निजी क्षेत्रको गैरसरकारी संस्था सामुदायिक विकास मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको छ ।
    सिलसिलामा उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रूपमा सहयोग गरिरहेको उक्त कार्यक्रमका फोकल पर्सन शिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रत्यक्ष रूपमा दुई पालिकाका स्वास्थ्य संस्थामा काम गर्दै छौँ, अन्य पालिकाका स्वास्थ्य संस्थामा पनि हाम्रो सहयोग रहँदै आएको छ ।” कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पुरुष घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाले बताउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
    गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण जिल्लामा पछिल्लो समय गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्ने गरेको पाइएको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले बताउनुभयो । यहाँको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउनसम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिनुभएको सो कार्यालयका प्रमुख शिवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतन सेवा लिनु राम्रो हो तर गर्भपतनले महिलाको स्वास्थ्यमा पछि गएर समस्या देखिने भएकाले त्यसैको भर पर्नुभन्दा गर्भ निरोधक सामग्री प्रयोग गर्नु बढी उत्तम हुन्छ ।”
    यसैगरी केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि २०० जनाले गर्भपतन गराएको इलाका स्वास्थ्य कार्यालय वायलले जनाएको छ । जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढेको प्रति यहाँका स्वास्थ्यकर्मी नै चिन्तित बनेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सबै स्वास्थ्य संस्थामा एक वर्षको अवधि कम्तीमा पनि दुई हजार २०० भन्दा बढी महिलाले गर्भपतन गराएका छन् । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या परेका महिलालाई सुरक्षित गर्भपतन सेवा राम्रो हो तर यो सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, जसले गर्दापछि गएर महिलामा समस्या उत्पन्न हुने निश्चित छ ।”
    जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको उहाँको भनाइ छ । चालू आवमा २० वर्षमुनीका २८ महिलाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९७२ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतन गरेको रेकर्ड भने राखिएको छैन । सुरक्षित गर्भपतन सेवा दिने कानूनी मान्यता नपाएका यहाँका निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ । गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि यहाँका महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भपतन गर्नेकोे सङ्ख्या अधिक हुनुमा अस्थायी साधन प्रयोग गर्ने बानीको विकास नहुनु, अशिक्षा, अवैध यौन सम्पर्क र महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो ।
    असुरक्षित रूपमा गर्भ रहेको खण्डमा निजी मेडिकलबाट समेत औषधि किन्ने तथा औषधि खाएर गर्भपतन गर्ने र औषधिको असरले उच्च रक्तस्राव हुँदैपछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारले प्रावधान तयार गरे पनि जिल्लामा आफू अनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ ।
    असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने देखिन्छ । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ । –––

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    Advertisement

    Advertisement
    Advertisement
    Advertisement

    मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै
    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’
    विचारः ‘सङ्कट अस्थायी हो, आशा स्थायी’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • चर्चित
    • भर्खरै
    • १.
      शपथपछि राष्ट्रपति कार्यालयबाट बाहिरिइन् प्रधानमन्त्री कार्की

    • २.
      पुस्तक समीक्षाः जेन्जी पुस्ताले पढ्दै पर्ने पुस्तक

    • ३.
      प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिनुभयो

    • ४.
      आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

    • ५.
      सीमान्तकृतलाई आयआर्जन कार्यक्रम

    • ६.
      आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व

    • ७.
      ठमेलमा ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा

    • ८.
      चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

    • ९.
      उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३

    • १०.
      आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

    • १.
      आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

    • २.
      पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    • ३.
      विचारः ‘सङ्कट अस्थायी हो, आशा स्थायी’

    • ४.
      जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव

    • ५.
      ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

    • ६.
      टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति

    • ७.
      ‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा

    • ८.
      तेस्रो संस्करणको चितवन गोल्डकप फुटबल तत्कालका लागि

    • ९.
      आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व

    • १०.
      दशैंका लागि डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

    हाम्रो बारेमा

    नेपाली पत्रिका पब्लिकेशन प्रा.लि.द्धारा सञ्चालित

    प्रधान कार्यालय
    नयांँ बानेश्वर – १०, काठमाडौं
    सम्पर्क नम्बर :

    क्षत्रीय कार्यालय
    भरतपुर , चितवन
    सम्पर्क नम्बर : ०५६ – ५७२२३३

    ई-मेल
    [email protected]
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष/प्रधान सम्पादक
    सूर्यप्रसाद अधिकारी

    कार्यकारी सम्पादक
    ऋषिराज घिमिरे

    सह-सम्पादक
    गोपाल कंडेल

    प्रबन्धक
    अमर श्रेष्ठ (9845153736)

    बजार प्रमुख
    राजु थापा (9849865976)

    एसिया ब्युरो प्रमुख
    सुमन अधिकारी (थाइल्याण्ड)

    वरिष्ठ वातावरण पत्रकार
    बिष्णु प्रसाद भण्डारी उपाध्याय

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन

    सामाजिक संजालमा हामी

    Copyright ©2025 Satya Tathya Samachar New | All rights Reserved.
     Website By :  nWTech.