चितवन –
नेपाली कांग्रेस, भरतपुर महानगर कार्यसमिति सभापति पदमा ज्योति प्रसाद कंडेलले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भरतपुर महानगर कार्यसमितिको नगर सभापति पदमा उम्मेदवारी दिनुभएको हो।पार्टीलाई फुट र गुटबाट बचाउन र कांग्रेसलाई संगठित गर्दै नागरिकको हितमा लैजाने प्रतिबद्धता सहित आफुले उम्मेद्वारी घोषणा गरेको कंडलले बताउनु भएको छ ।
को हुन त ज्योति प्रसाद कंडेल ?
जन्मेदेखि नै नेपाली कांग्रेसको राजनीतिक संस्कार र विचार बोकेको परिवारमा हुर्किनुभएका कंडेल आफ्ना संस्थाको गरिमा र आंँच आउने कुरा कहिल्यै गर्नुभएन । विचार , तर्क र भाइचाराको सम्बन्धलेनै अगाडि बढ्न सकिन्छ भन्ने विपी विचारमा अघि बढ्ने शालिन व्यक्तिको रुपमा कंडेल परिचित हुनुहुन्छ ।उहांका लागि कांग्रेससँगको समर्पण कुनै अवसर वा पद प्राप्तिका लागि बनेको होइन; यो बाल्यकालदेखि नै निरन्तर अघि बढेको राजनीतिक एवं सामाजिक यात्राको परिणाम हो।
राजनीति पदका लागि मात्र होइन, विचार, निष्ठा, सिद्धान्त र निरन्तर सेवाको यात्रा हो। यही विश्वासलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको लोकतान्त्रिक विचार, मूल्य–मान्यता र संगठनप्रतिको अटुट प्रतिबद्धताका साथ लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका ज्योति प्रसाद कंडेलले विद्यालय जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भई लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा सक्रिय रहदै आउनु भएको छ ।फराकिलो मनका धनी कंडेल युवावस्थादेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा आफूलाई निरन्तरता दिदै आउनुभएको छ ।
खेलकुदप्रतिको रुचि राखने फुटबलका विभिन्न प्रतियोगिताहरूमा समेत पार्टीको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको उहाँले खेलकुदको माध्यमबाट पनि युवा र जेनजी पुस्तासँग संगठन र सामाजिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
हक्की, स्पष्टवक्ता, निष्ठावान, सहयोगी र कार्यकर्ताको सुख–दुःखमा साथ दिन तत्पर व्यक्तित्वका रूपमा परिचित ज्योति प्रसाद कंडेलले नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै संगठनभित्र आफ्नो छुट्टै पहिचान बनाइसक्नु भएको छ । हालसम्म जिल्ला , क्षेत्र तथा वडाको विभिन्न पदमा रहेर भुमिका खेलिसक्नु भएका कंडेल नेपाली कांग्रेस, साविक मंगलपुर गाविस कार्यसमिति सदस्य, नेपाली कांग्रेस, साविक भरतपुर नगरपालिका वडा नं. १५ कार्यसमिति उपसभापति,नेपाली कांग्रेस, भरतपुर महानगरपालिका वडा नं. १५ कार्यसमिति वर्तमान सभापतिको रुपमा कार्यरत हुनुहुन्छ।पदमा रहदा पार्टीले चुनाबी अभियानमा गरेको गठबन्धन पार्टी हितको लागि नभएको भनेर दुरदर्शी र प्रतिरोध समेत गरेका कंडेलले आफ्नो सभापतिको कार्यालय अत्यन्त घनिभूत एबम नेपाली कांग्रेसको कार्यकतामा बिचलन आउनु हुदैन एकरुपता नै सक्ति हो भन्ने कुरामा बिश्वास राख्छन।
उनले यी जिम्मेवारीहरूलाई केवल पदका रूपमा नभई कार्यकर्ताको भावना बुझ्ने, संगठनलाई मजबुत बनाउने र पार्टीलाई जनताको घरदैलोसम्म जोड्ने अवसरका रूपमा ग्रहण गर्दै उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
आजको आवश्यकता पदमा पुगेर नेतृत्व गर्ने मात्र होइन, सबैलाई समेटेर संगठनलाई अझ बलियो बनाउने नेतृत्व हो। गुट–उपगुटभन्दा माथि उठेर, अग्रजको अनुभवलाई सम्मान गर्दै युवा पुस्ताको ऊर्जा र नयाँ पुस्ताको अपेक्षालाई साथमा लिएर भरतपुर महानगरमा नेपाली कांग्रेसलाई अझ सुदृढ, गतिशील, अनुशासित र जनमुखी संगठनका रूपमा स्थापित गर्ने संकल्पसहित उहाँले आफ्नो उम्मेदवारीतालाई अघि सार्नुभएको हो ।
“व्यक्तिभन्दा संगठन ठूलो, पदभन्दा जिम्मेवारी ठूलो र राजनीतिभन्दा जनताको विश्वास ठूलो” भन्ने मान्यताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, आगामी दिनमा नेपाली कांग्रेस भरतपुर महानगरलाई थप एकताबद्ध, सक्रिय र परिणाममुखी बनाउन आफ्नो सम्पूर्ण क्षमता, समय र अनुभव समर्पित गर्ने उहाँको दृढ संकल्प छ।
नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण अग्रज, नेता, साथी, शुभेच्छुक, क्रियाशील सदस्य तथा युवा जेनजी साथीहरूबाट अमूल्य सुझाव, साथ, सहयोग, सद्भाव र विश्वासको उहाँले सहयोगको लागि हार्दिक अपेक्षा गर्नुभएको छ ।
भरतपुर कांग्रेस सभापतिमा कंडेलको उम्मेदवारी, संगठन सुदृढीकरणलाई प्राथमिकता
भरतपुर कांग्रेस सभापतिमा कंडेलको उम्मेदवारी, संगठन सुदृढीकरणलाई प्राथमिकता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु











