चितवनः नेपाली कांँग्रेस चितवनको राजनीतिक वृत्तमा चिरपरिचित र चर्चित युवा नेता राजेन्द्र डोटेलले नेपाली कांँग्रेस, जिल्ला समितिको उपसभापतिको पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले नेपाली कांँग्रेस १४ औं महाधिवेशन अन्तर्गत चितवन जिल्लाको उपसभापति पदको लागि  उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार डोटेलले हरेक युवाहरुको भावनाको कदर र अग्रजहरुको सम्मान गर्नुको साथै युवाहरुलाई एकीकृत बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
डोटेल नेपाल बिद्यार्थी संघको राजनितिबाटनै सक्रिय र युवाहरुको मनमुटुमा बस्न सफल युवा नेता हुन् ।   डोटेलले काठमाडौंको अमृत साइन्स क्याम्पस नेविसंघको राजनीतिलाई अघि बढाउंँदै  नेबिसंघ चितवनको उपाध्यक्ष, रामपुर क्याम्पसका इकाई अध्यक्ष जस्तो पदमा रहेर काम गरिसकेका छन् । आफु युवा वर्गको नेतृत्व गर्दै उम्मेदवारी दिन लागेको उनी बताउंँछन । ‘मैले अहिले आएका सयौं युवाहरुलाई सक्रिय बनाउंँदै क्रियाशील सदस्य समेत बनाएको छु , उनले भने  “मैले नेविसंघको सदस्यता दिएका २० प्रतिशत नेता अहिले क्षेत्रीय प्रतिनिधि आएका छन् ।’
२०५४ सालामा नारायणी बिद्या मन्दिरबाट राजनैतिक यात्रा सुरु गरेका  डोटेल, २०५७ सालमा नेबिसंघ सदस्य अमृत साईन्स क्याम्पस जस्ता पदमा रहेर काम गरेको अनुभव छ । ‘राजनीति भनेको मुलनीति र मुलनीति  भनेको समाजसेवा र देशको सेवानै भएकोले समाजसेवालाई नै उत्तिकै बढाउने उनको चाहना छ । । ‘म चितवनका प्रत्येक घरघरमा पुगेको छु, सुखदुख साटेको छु मलम लगाएको छु यसले पनि आम नेता कार्यकर्ताले मलाई चाहेका छन ।’ उनी थप्छन्,  माडीका कांँग्रेसजनलाई घाउ लाग्दा मुग्लिनका  कांँग्रेसको मन दुख्नुपर्छ । ’
चितवन कांँग्रेसलाई गतिशिल बनाउन र एक ढिक्का बनाउन आफूसंँग थुप्रै भिजन र योजना  रहेको सुनाउंँदै आफ्नो उम्मेदवारीबाट कत्तिपनि विचलित नहुने उनी प्रण गर्छन्  । कांँग्रेसको वेथिति र विकृति हटाउंँदै भातृसंगठनलाई गतिशिल मजबुद बनाउन आफ्नो उपसभापतिमा उम्मेदवारी रहेको उनले प्रष्ट पारे  ।
आफ्नो उपसभापतिमा आकांक्षी पांँच बर्ष अघिदेखिनै रहेको भन्दै उनले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । भरतपुर महानगरपालिका वडा नम्बर १५ का वडा सभापति ज्योति कंडेलको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 



        
        
        
        
        
        
        
        
        
	 
	 
	 
	 
	 
	 
  		
	 
	 
	 
	 
	 
	 






