काठमाडौं । लक्की मिडीया हाउस चितवनद्धारा सञ्चालित इ–चितवनखबरडटकमले कलाकारका साथ आफ्नो प्रथम बार्षिकोत्सव मनाएको छ । आज काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेत बहादुर सिंह राजाले लक्की मिडीया हाउसले विभिन्न प्रतिकुलताबीचपनि विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो । लक्की मिडीया हाउसले कहिले सम्मान कार्यक्रम, कहिले रेडकार्पेट शो, प्रिमियर शो गर्दै आएको छ ,उहांँले भन्नुभयो, कोरोना कहरबीच यस्ता कार्यक्रम गर्नु निकै चुनौति छ ।’ लक्की मिडीया हाउसबाट प्रकाशित विभिन्न संस्करण मध्ये इचितवनखबर डटकमको प्रथम बार्षिकोत्सवको अवसरमा उहांँले सफलताको शुभकामना व्यक्त गर्नुभयो । विशिष्ट अतिथि चर्चित कलाकार बुद्धि तामाङ्गले लक्की मिडीया हाउसले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडीया र कलाकारिता बीच सधैं नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनु भयो ।
कोरोना कहरमा सबैभन्दा बढी मर्कामा कलाकारिता र सिनेमा क्षेत्र भएको बताउंँदै उहांँले यसलाई माथि उकास्न मिडीयाको भूमिका नै महत्वपूर्ण हुने बताउनु भयो । सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लक्की मिडीया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले कोरोनाका कारण मिडीया क्षेत्र पनि अछुतो नरहेको भन्दै विषम परिस्थितिमा पनि नियमित कार्यक्रमलाई मिडीया हाउसले निरन्तरता दिदै आएको बताउनु भयो । ‘हामीले चाहे बार्षिकोत्सव होस, चाहे क्यालेण्डर बिमोचन होस या भनौं श्रष्टा सम्मानका बिषय हुन्, हामी कहिल्यै चुकेका छैनौं । छुटेका छैनौं ।’ उहांँले भन्नुभयो । विभिन्न क्षेत्रका व्यत्तित्व, शुभेच्छुक, विज्ञापन दता लगायतको प्रेरणा र उर्जाबाटनै मिडीया हाउस यो स्थानमा आउन सफल भएको कार्कीको भनाई थियो ।
कार्यक्रममा अतिथि नेपाली चलचित्रकी चर्चित नायिका रेजिना गुरुङ्ग, चलचित्रका निर्देशक रमेश कोइराला ,निर्माता सुभाष काफ्ले तथा चितवनका युवा उद्यमी , समाजसेवी एवं भेटघाट रेष्टुरेण्टका सञ्चालक महेश तिवारी लगायतको सहभागिता रहेको थियो ।