बीबीसी । पाकिस्तानमा महिलाहरु माथि हुने हिंसाको घटनामा पाकिस्तानी अभिनेत्री माहिरा खानले चिन्ता व्यक्त गरेकी छिन् । यस विषयमा चाँसो देखाउँदै उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग घरेलु हिंसा रोकथाम ऐन चाँडो पारित गर्न अनुरोध गरेकी छन् ।
पाकिस्तानमा पछिल्लो समय नूर मुकद्दम र अफगान राजदूतकी छोरीको मुद्दा चर्चामा छ । यहाँ महिलामाथि हुने बलात्कारमा उल्टै महिलामाथि नै प्रश्न चिह्न उठ्ने गरेको पाइएको छ । यही विषयमा पाकका प्रधानमन्त्री इमरान खानले व्यक्तिगत रुपमा निगरानी गरिरहेको भन्ने प्रतिक्रिया दिएपछि अभिनेत्री माहिराले ट्विट गर्दै यस विषयमा बोलेकी हुन् ।
अभिनेत्री माहिरा भन्छिन्, “कृपया घरेलु हिंसा रोकथाम ऐन चाँडै पारित गर्नुहोस्, जबसम्म कानुन बन्दैन्, महिलाहरु हिंसाको शिकार भैरहन्छन् । यसको जवाफदेहीता हुनै पर्छ ।”
पाकिस्तानी चलचित्रकी चर्चित अभिनेत्री माहिरा खान बलिउडमा पनि काम गरिसकेकी छिन् । उनले शाहरुख खानसँग चलचित्र ‘रईस’ मा अभिनय गरेकी छिन् ।
पाकिस्तानमा घरेलु हिंसाका मुद्दा
पाकिस्तानमा घरेलु हिंसाको कानुन लामो समयदेखि रोकिएको छ । धार्मिक संगठनहरु घरेलु हिंसा रोकथाम ऐनको केही प्रावधानहरुको विरोध गर्दै छन् । यस वर्ष अप्रिलमा, राष्ट्रिय सभाले घरेलु हिंसा (रोकथाम) विधेयक पारित गर्यो, तर जब सिनेटमा पेश गरियो, विपक्षीले केही संशोधन सुझाव दिनका लागि स्थायी समितिमा पठाइनु पर्ने बताए ।
यस पछि यो विधेयक राष्ट्रिय सभा र सिनेट दुबैबाट पारित भयो । इस्लामिक विचारधारा परिषद् (सीआईआई)ले विधेयक राष्ट्रपतिबाट अनुमोदन हुनु अघिनै प्रस्तावित कानुनको समीक्षा गर्न आह्वान गर्यो ।
प्रधानमन्त्री इमरानले के भनेका थिए ?
प्रधानमन्त्री इमरान खानले सोमबार भनेका थिए, “म पहिलो दिनदेखि नूर मुकाद्दम प्रकरणको निगरानी गर्दै छु । मलाई यसको बारेमा सबै कुरा थाहा छ । मैले सबै जानकारी लिएको छु । यो एकदमै डरलाग्दो मामला हो । यसको भित्र के आउँछ कि उनीहरुका सम्पूर्ण कर्मचारीहरु त्यहाँ काम गरिरहेका थिए । त्यहाँ चौकीदार थिए, नोकरहरु थिए । उनीहरुकै उपस्थितीमा दुई दिनसम्म यस्तो त्रासदी भइरह्यो । मैले यी सबैको जानकारी लिएको छु ।”
यसका साथै उनले अफगान राजदूतकी छोरीसँग भएको घटनालाई पनि आफ्नै छोरी जस्तोगरि फलो गरेको बताए ।
के भएको थियो नूर र अफगान राजदूतकी छोरीको मुद्दा ?
पाकिस्तानकी नूरको हत्यापछि टाउको छिनाएर हत्या गरिएको थियो । उनको हत्याको आरोपमा नूरका बाल्यकालका साथी जाहिर जफीरलाई पक्राउ गरिएको छ । नूर इस्लामाबादका एक ठूला घर जग्गा कम्पनीका सीईओकी छोरी हुन् ।
त्यस्तै पाकिस्तानमा जुलाई तेस्रो हप्ता राजधानी इस्लामाबादमा अफगानिस्तानका राजदूतको अज्ञात हतियार बोकेकाहरुले अपहरण गर्ने प्रयास गरेको थियो ।
त्यसपछि नै अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलले ट्विट गर्दै उनकी छोरीलाई अपहरणपछि नमज्जाले कुटपिट गरेको थियो ।