चितवन – चितवनको इच्छामाना गाउँपालिका ३ कुरिनघाटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
कुरिनघाटमा काठमाडौंबाट मुग्लिनतर्फ आई रहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गईरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल आज दिउँसो १२:३० बजे एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजाको पुतली बजार नगरपालिका ४ बस्ने वर्ष २६ का सुशील पोख्रेलको मृत्यु भएको हो । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते बा ४६ प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको कौवादुङमा गाउँपालिका ४ का २४ वर्षीय सन्दीप सन्दिप बस्नेत र सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय जय कार्कीको उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।