काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिबान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छोडेको समाचार संस्था एपीले जनाएको छ ।
समाचार संस्था रोयटर्सले राष्ट्रपति घानी काजिकिस्तानका लागि उडेकाे उल्लेख गरेकाे छ ।
उनीसँगै उनको ‘कोरे टिम’ ले नै देश छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि तालिबानी समूहका प्रवक्ता सुहाइल रहीनले अफगान सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न भनेका थिए । तर, राष्ट्रपति घानीले देश नै छाेडेका हुन् ।
तालिबान आजै राजधानी काबुल प्रवेश गरेकाे हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जलालबादलाई नियन्त्रणमा लिएको केही घण्टामै तालिबानी समूह काबुल प्रवेश गरेको हो ।
समाचार संस्था सीसीएनएनका अनुसार तालिाबानले आइतबार बिहानसम्म अफगानिस्तानका ३४ राज्यमध्ये २५ मा कब्जा जमाइसकेकाे थियाे ।