काठमाडौं, २० भदौ – आज ५ सेप्टेम्बर । आज विश्व इतिहासमा सामाजिक तथा राजनीतिक घटना भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाः
भोयगर १ को अनुसन्धान
सन् १९७७ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्षमा पठाएको मानवनिर्मित यान भोयगर १ को अनुसन्धान सुरु गरेको थियो । शनिगह्रको अध्ययनका लागि पठाइएको सो यान शनिग्रहमा नपुगी हराएको थियो । भोयगर अन्तरिक्षमा पुग्ने मानव निर्मित पहिलो यान हो ।
म्युनिख ओलम्पिकमा नरसंहार
सन् १९७२ मा प्यालेस्टेनी लडाकू समूह जर्मनीको म्युनिखस्थित ओलम्पिक भिलेजमा इजरायली खेलाडिहरु बसेको अर्पाटमेन्टमा पुगेर अन्धाधुन्दा गोली प्रहार गरेका थिए । बन्दुकधारीले इजररायलमा थुनामा राखिएका दुई सय ३० अरबी कैदीको रिहा गर्न माग गर्दै खेलाडीलाई बन्धक बनाएका थिए । बन्धक बनाइएका व्यक्तिलाई उद्धार गर्ने क्रममा बन्धक बनाइएका नौ र पाँच लडाकूको मृत्यु भएको थियो । सो नरसंहारपछि जारी ओलम्पिक केही दिनका लागि स्थगित भएको थियो ।
बेनेलक्स स्थापना
सन् १९४४ मा बेल्जियम, नेरल्याण्ड र लक्जमर्बग सम्मिलत तीन राष्ट्रको राजनीतिक र आर्थिक संघ बेनेलक्सको स्थापना भएको थियो । तीन देशबीच आर्थिक सामाजिकलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले बेनेलक्स स्थापना गरिएको थियो ।
टेक्सासमा पहिलो राष्ट्रपति
मेक्सिको सरकार पराजित गरी स्वतन्त्र र सार्वभौम राष्ट्र भएपछि सन् १८३६ मा साम हुस्टोन टेक्सासको राष्ट्रपति बनेका थिए । सान ज्यासिन्ता युद्धमा मेक्सिकोको फौज परास्त गर्न हुस्टन मुख्य जिम्मेवार थिए । हुस्टन गणतन्त्र टेक्सासको दुई पटकसम्म राष्ट्रपति बनेका थिए । उनी टेक्सास र टेनेसा गरी दुबै राज्यको एउटै गर्भनर हुने पहिलो व्यक्ति समेत थिए ।
अमेरिकी पुस्तकको चर्चा
सन् १९५७ मा अमेरिकी लेक ज्याक केरोसले एउटा महत्वपूर्ण पुस्तक लेखेका थिए, जसले समकालिन पुस्तक बिक्री र लेखनमा क्रान्ति ल्याएको थियो । अन दी रोड नामक सो पुस्तक ज्याक र उनका साथीको अमेरिका यात्रामा केन्द्रित छ । सो पुस्तक द्वीतिय विश्वयुद्धपछि अमेरिकी संस्कृतिको अध्ययन र निरीक्षण गरेका लेखक तथा कलाकारको समूहको अनुभवमा केन्द्रित छ ।