चितवन । पांँच दिन अघि निउरो टिप्न गएका एक पुरुषको चितवनको एक सामुदायिक वनमा एक कंकाल भेटिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ पृथ्वी नगर स्थित ऋषीराम न्यौपानेको घरमा बसोबास गर्दै आएका कास्की जिल्लाका ५५ बर्षीय वसन्तमणी सुबेदीको कंकाल फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भदौ २१ गते घरबाट सोही स्थानकोे दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न जान्छु भनी गएका उनी फेला परेका थिएनन । फेला नपरेपछि २४ गते उनको आफन्तले प्रहरीलाई हराएको जानकारी गराएका थिए । प्रहरीले खोज तलास गर्दै जाने क्रममा आज सांँढे १बजे सोही सामुदायिक वन भित्र उनले लगाएको हाफ् कट्टु,ढाका टोपी,चप्पल फेला पारेको थियो । सोही आधारमा उनको आफन्तले सनाखत गरेको र सोही स्थानको सामिप्यमै मानव कंकाल ( खप्पर केही हड्डी ) फेला परेको प्रहरीले जनाएको छ । मृत्यु भएको लामो समय भएकाले जंगली जनावरले उनको शव खाएको जस्तो देखिएको छ । मृत्यु के कारणले भयो भन्ने बिषयमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
पांँच दिन अघि निउरो टिप्न जांँदा हराएका एक पुरुषको सामुदायिक वनमा कंकाल भेटियो
पांँच दिन अघि निउरो टिप्न जांँदा हराएका एक पुरुषको सामुदायिक वनमा कंकाल भेटियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु