चितवन, ०३ असोज – सातौं संविधान दिवसको अबसरमा कालिका नगरपालिकाको भिमवली सामुदायिक वनको पार्कमा बृक्षारोपण गरिएको छ ।
कालिबहादुर गणको आयोजना एबं डिभिजन वन कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रममा आँप, लिचि, कटहर, तेजपत्ता, धुपि, कल्लकी, खयर, हर्रो, बर्रो, चिउरी, अमला लगाएतका गरि २ सय ६५ थान बिरुवा रोपिएको हो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चिरनजिवी शर्मा पौडेल, भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधि वडा अध्यक्ष, भिमवली सामुदायिक वनका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।
गणका अनुसार एक सिपाही एक बिरुवा भन्ने मुल नाराका साथ बिभिन्न नरणहरुमा गरि ६ सय ५५ विरुवा रोपि सकेको छ । गणले जिल्लामा रहेका खालि स्थानहरुमा समेत सरोकारवालाहरु संग समन्वय गरि बृक्षारोपणको तयारी गरिरहेको छ ।