चितवन, ११ असोज – नेपाली काँग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकोटा निर्वाचित भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनबाट सापकोटामा नगर सभापतिमा निर्वाचित भएका हुन् ।
उनले २४६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरेका छन् । यस्तै नगर उपसभापतिमा अपिल अधिकारी र कमल अधिकारी बिजयी भएका छन् । अपिलले २४८ तथा कमलले २०० मत प्राप्त गरेका छन् ।
उता नगर सचिवमा अनिता अर्याल (२५९) र तिर्थराज सुवेदी (१८७) तथा सह सचिवमा रामचन्द्र पौडेल (२०४) र अमृत मल्ल (१९४) बिजयी भएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु