चितवन, ११ असोज – नेपाली काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनबाट अधिकारी महानगर सभापतिमा निर्वाचित भएका हुन् ।
उनले ६४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरेका छन् । यस्तै नगर उपसभापतिमा बुद्धिकान्त न्यौपाने र बिजयी घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् ।
उता नगर सचिवमा प्रानीशा गुरुङ (५४६) र कृष्ण बगाले (४५६) तथा सह सचिवमा उपेन्द्र पण्डित (५१३) र कल्पना खड्का पौडेल (४२०) बिजयी भएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु