रत्ननगर : शैक्षिक परामर्श संस्था केटीएम सिभील एजुकेशन नेटवर्कले आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको नेटवर्कले आफ्नो दोस्रो शाखा टांँडीको सौराहा चोकमा सञ्चालनमा ल्याएको हो । बिहीबार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका बीच उक्त शैक्षिक संस्थाको शुभारम्भ गरिएको हो ।
संस्थाकी प्रबन्ध निर्देशक अस्मिता श्रेष्ठले रत्ननगर र वरपरका पालिकालाई लक्षित गरी भाषा प्रशिक्षण सहित परामर्श संस्था सञ्चालनमा ल्याइएको जानकारी दिईन । बिशेषगरी जापान जाने विद्यार्थी एवं रोजगारकर्तालाई लक्षित गरी सम्पुर्ण परामर्श एवं डकुमेन्टसनको काम शुरु भएको उनले बताईन् । ‘अहिले जापानिज भाषा सिकाएर प्रशिक्षार्थीले चाहेको क्षेत्रमा एसएसडब्लु (बिशेष दक्ष कामदार) भिषाको लागि भर्ना धमाधम शुरु गरेका छौं , प्रबन्ध निर्देशक श्रेष्ठले भनिन, हामीले अन्य भाषा कोरियन, न्याट, आइएलटिसको पनि कक्षा साथसाथ शुरु गरेका छौं ।’
उनका अनुसार यहांँ भाषा र जापानको कला संस्कृति , कानुन र जबको प्रकृति बारे प्रक्षिक्षण गराइसकेपछि अनलाइन परीक्षा मार्फत पास भएपछि प्रशिक्षार्थी जापान जान सक्नेछन ।
एसएसडब्लु भिषा अन्तर्गत कृषि , रेष्टुरेण्ट,होटल, नर्सिङ्ग लगायत १४ वटा सेक्टरमा जापान सरकारलेनै दक्ष कामदार माग गरेकोले सोही अनुसार भर्ना तथा प्रशिक्षण भईरहेको श्रेष्ठले जानकारी दिईन । यसको लागि संस्थाले भाषा कक्षा र प्रशिक्षण बाहेक सबै सेवा निशुल्क उपलब्ध गराएको छ ।
‘यो बिशेष भिषाको लागि अहिले संस्थाले क्लास बाहेक कुनै फि लिएको छैन, उनले भनिन , भिषा फि र टिकट समेत फ्रि नै हो ।’ कोरियन सरकारको इपिस प्रणाली जस्तै जापान सरकारले पनि हालै मात्र यो भिषा प्रणाली लागु गरेको हो ।
‘यसको परीक्षा अनलाइनबाट जापान फाउण्डेसनले गर्छ उनले भनिन, यस भिषामा न्यूनतम माग हुन्छ । तर सिट सिमित छ ।’
आफू पाँच बर्षभन्दा बढी जापान अध्ययन गरेर आएको र विगत तीनबर्षदेखि जापानिज भाषा प्रशिक्षण गर्दै आएकोले प्रशिक्षार्थीलाई जापान जान सहज हुने उनको भनाई छ । प्रशिक्षार्थीले न्यूनतम योग्यता ८ कक्षा पास गरेपछि भाषा तथा अन्य तालिम र परामर्श लिएपछि जापान जान सक्षम हुनेछन ।
केटीएम सिभिल एजुकेशन नेटवर्कमा दक्ष प्रशिक्षकद्धारा भाषा सिकाई र प्रशिक्षण हुने भएकोले सतप्रतिशत भिषा लाग्ने संभावना भएको उनले बताईन ।
संस्थाको मुख्य काम जापानको भिषाको लागि तयारी प्रक्रिया भएपनि संस्थाले कोरिया , अष्ट्रेलिया, यूके लगायत अन्य देशहरुको लागि पनि भाषा कक्षाको साथै डकुमेन्टसनको काम पनि गरिने उनले जानकारी दिईन ।