चितवन । भरतपुरको लाहुरेचोकमा कारको ठक्करबाट मोटरसाइकलको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २६ का शिबु बास्तोला रहेका छन भने पछाडि सवार सोही ठाउंँका विनोद चौधरी घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित लाहुरेचोकमा बा ७ च ७९७६ नम्बर को कारले ना ५० च ७४९७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका शिबु बास्तोलाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। घाईते चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु