मकवानपुर । घर अगाडि पार्किङ्ग गरिराखेको मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सिन्धुली मरिण गाउंँपालिका वडा नंम्बर ३ बस्ने टोप बहादुर वाईवा र सोही स्थानका अरुण मोक्तान रहेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराती पौने २ बजे मकवानपुर बागमती गाउँपालिका वडा नम्बर २ राईगाँउका छबिलाल बम्जनले आफ्नो घर अगाडी पार्किङ गरी राखेको बा.प.्र०३००३ प ३१३० नंम्बर को २२० सिसि को पल्सर चोरी भएको भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ४ बाट मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई जल्ला अदालत मकवानपुरबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु