चितवन । सांँढे दुईदशक अघिदेखि सेवा दिदै आएको न्यु कर्मा रेष्टुरेन्टको दोस्रो आउटलेटले सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका १२ मालपोतचोकस्थित रेष्टुरेन्टको दोस्रो आउटलेटले बिहीबार बाट औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष इमान्दु बरालले एक कार्यक्रमकाबीच रेष्टुरेन्टको उद्घाटन गरेका थिए । रेष्टुरेन्टको उद्घाटन गर्दै बरालले ग्राहकको सेवा र सन्तुष्टिमा ध्यान दिन आग्रह गरे ।
सेवा शुभारम्भको अवसरमा एक महिनासम्मका लागि १५ प्रतिशत छुटको व्यवस्था गरिएको रेष्टुरेण्टका सञ्चालक दुर्गादत्त अधिकारीले जानकारी दिए । उनका अनुसार रेष्टुरेण्टको हरेक परिकार, मेनु तथा पेय पदार्थमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । रेष्टुरेण्ट पार्किङ्ग सहित तीनकठ्ठा क्षेत्रफलमा रहेको छ । जग्गा बाहेक अन्य पूर्वाधार सहित तीन करोड लगानीमा रेष्टुरेण्ट सम्पन्न भएको सञ्चालक अधिकारीको भनाई छ ।
।
नारायणगढबाट सेवा सुरु गरेको रेष्टुरेन्टले सात वर्ष अघि काठमाडौंको चाबहिलमा पहिलो आउटलेट विस्तार गरेको थियो । भरतपुरको आउटलेटबाट आजदेखि औपचारिक सेवा सुरु गरिए पनि कोरोना नियन्त्रणमा आएर अवस्था सामान्य भएपछि ग्रान्ड ओपनिङ गरिने अधिकारीले बताए । रेष्टुरेण्टमा बिशेष मेनुमा तासका परिकार तथा चाइनिज, इन्डियन , कन्टिनेन्टल खानाका स्वादका साथै थकाली खानाको परिकार पाईनेछ । शान्त तथा पारिवारिक वातावरण सहित व्यवसायी, पेशा, विद्यार्थी तथा स्वाद पारखीले आनन्द लिने अधिकारीको भनाई छ ।
रेष्टुरेन्टमा २५ भन्दा बढी चार पाङ्ग्रे तथा सयभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन क्षमताको फराकिलो पार्किङको व्यवस्था रहेको छ ।
सञ्चालक अधिकारीका अनुसार रेष्टुरेन्टमा मिनी किचनसहित ४० जना र दुई सय जना क्षमताको दुई वटा हलहरु रहेका छन् । हल बाहेक रेष्टुरेन्टमा एक पटकमा एक सय ५० जनालाई सहजै सेवा दिन सकिने समेत उनले बताए ।
साथै यहांँ विभिन्न वन्यजन्तुका आर्टहरु सहित बच्चाहरुको लागि खेल्ने ,फोटो खिच्ने लगायतका सूविधा पनि उपलब्ध छन ।
६ महिना अघि नै रेष्टुरेन्टको उद्घाटन गर्ने योजना रहे पनि कोरोना कहर बीच बिहीबार उपयुक्त समय पारिएको ो हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै सबै स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै सेवा सुरु गरिएको छ । हाल रेष्टुरेण्टमा अमित अधिकारीको व्यवस्थापन सहित सञ्चालक सहयोगी कृष्ण घिमिरे र पदमराज शर्मा सहित समन्वयमा रेष्टुरेष्ट सञ्चालनमा आएको छ ।
उद्धघाटन कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति कंडेल, पूर्व अध्यक्ष दिपक ढकाल लगायत चितवन होटल व्यवसायी संघ का प्रतिनिधिहरुले सुभेच्छा प्रकट गरेका थिए ।