चितवन । यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा नारायणगढबाट तीन महिला दुई पुरुष पांँच जना रंगेहात पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २  डेरा गरी  बस्ने मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका वडा नम्बर १ बस्ने सन्जोग महरा, नवलपरासी बौदिकाली गाउंँपालिका वडा नम्बर ६ का मुस्कान ठकुरी , भरतपुर महानगरपालिका वडा नम्बर ७ का रोशनी मगर र नवलपरासी जिल्ला देवचुली नगरपालिका वडा नम्बर २ घर भएकी  सो होटल सञ्चालिका कल्पना महरा रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बुधबार लायन्स चोक स्थित नारायणगढको कल्पना होटल एण्ड लजमा गैरकानुनि क्रियाकलाप भइरहेको छ भन्ने सुचना प्राप्त हुन साथ सो स्थानमा खटिएको प्रहरीटोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।  पक्राउ परेका उनीहरुमाथी  थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
                            नारायणगढबाट यौनजन्य क्रियाकलाप गर्ने तीन महिला दुई  पुरुष रंगेहात पक्राउ 
 
		
		                     						
                       		  
			नारायणगढबाट यौनजन्य क्रियाकलाप गर्ने तीन महिला दुई पुरुष रंगेहात पक्राउ
 
  		तपाईको प्रतिक्रिया
	संबन्धित शिर्षकहरु
	
 

 
         
         
         
         
         
         
         
         
         
	  
	  
	  
	  
	  
	  
	  
	  
	  
	  
	  
	 






