चितवन । साथीहरुसंँग निउरो टिप्न गएकी रेखा बस्नेतको टाउको र छातीको भाग खाएको अवस्थामा शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज १२ बजे राधाकृष्ण सामुदायिक वन स्थित आक्रमण भएको ठाउंँमा भन्दा ३०० मिटर पश्चिममा उनको शब फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशान ७ बजे निउरो टिप्न साथीहरुको समुहमा गएकी उनी १२ बजे मृत अवस्थामा फेला परेकी थिइन । नेपाली सेना सहितको टोलीले बाघ धपाउन ५ राउण्ड हवाई फायर गरेको थियो । उनको शबको मुचुल्का कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु