काठमाडौं – नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
काँग्रेसमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द (गोरखा विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी र मनोहरनारायण श्रेष्ठ आमन्त्रित केन्द्रीय सदस्य छन् ।
यस्तै ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह गरी काँग्रेसमा २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु