भरतपुर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई भरतपुरमा सम्मान गरिएको छ ।
भरतपुर महानगरपालिका ५ स्थित नमुना कल्याणकारी टोल विकास सस्था, नमुना कृषि महिला समूह र स्वास्थ्य केन्द्र तोरीखेतले मन्त्री रेग्मीलाई सम्मान गरेको हो । उनलाई सम्मानपत्र सहित दोषाल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले आफुले चाहेको मन्त्रालय नै जिम्मेवारी पाएको बताएकी छिन् । उनले अपाङ्गता भएका व्यक्ति, मृगौला तथा क्यान्सरका बिरामीहरुलाई पाँच हजार भात्त दिने व्यवस्था अहिलेको सरकारले गरेको बताईन् । उनले बैंकसम्म जान नसक्नेहरुका लागि घर घरमा भत्ता पुराउने व्यवस्था लागु गर्न सक्दो प्रयास गर्ने समेत बताईन् । यस्तै भएका कानुन कार्यान्वयन गरेर महिला हिंसा अन्त्यको प्रयास गरिने उनको भनाई थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु