चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले यही आउंँदो पुष १५ गते भरतपुरमा “एनप्लस प्रोफेसनल“ को प्रस्तुती “लक्की साँगीतिक साँझ २०७८ एवम् सम्मान कार्यक्रम “ गर्दैछ । चर्चित गायक आनन्द कार्कीको बिशेष प्रस्तुतीमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारी तीब्र पारिएको छ । यसका लागि स्थान छनौट तथा अन्य कलाकारहरुको पनि सहभागिता रहने मिडीया हाउसले जानकारी दिएको छ ।
कोरोनाले धराशायी भएको कलाकारिता क्षेत्रलाई उकास्ने र प्रर्वद्धन गर्ने हेतुले मिडिया हाउसले ‘लक्की सांगितिक सांँझ २०७८ एवं सम्मान कार्यक्रम ’ गर्न लागेको मिडिया हासका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए । मौलिक पर्वको रुपमा मानिदै आएको पुषे १५ को अवसर पारेर यो बिशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्कीका अनुसार राष्ट्रिय चर्चित कलाकार तथा गायक, गायिकाको साथमा साँगीतिक सांँझ गर्न लागिएको छ । साँगीतिक सांँझको लागि तयारी तीब्र पारिएको छ । चर्चित गायक आनन्द कार्की, युवराज चौलागाई , टिका प्रसाईं, सन्तोष बस्याल लगायतको सहभागिता रहने कार्कीले जानकारी दिए ।
नेपाली कला संस्कृतिलाई संरक्षण र जगेर्ना गर्ने उद्धेश्यसहित भरतपुरमा सांगितिक सांँझ गर्न लागिएको कार्कीको भनाई छ । साँगीतिक सांँझका साथै साँगीतिक अवार्ड कार्यक्रम समेत राखिएकोले यस क्षेत्रलाई थप हौसला र उत्साह थपिने मिडियाका हाउसका निर्देशक हेमन्त केसी “हरि”ले बताए । ‘यो साँंझलाई हामीले सांँगितिक क्षेत्रको उत्सव र स्रष्टाहरुको उर्जाको रुपमा लिएका छौं, निर्देशक केसीले भने, यस्ता कार्यक्रमले कलाकारिता क्षेत्रमा केही टेवा मिल्नेछ भन्ने हाम्रो विश्वास छ ।’कार्यक्रममा विभिन्न विधामा योगदान दिने स्रष्टा, उद्यमी तथा सम्मान कार्यक्रम गरिने केसीले जानकारी दिए ।
स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।