चितवन । चितवनमा स्कुल बसले ठक्कर दिंँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। मृत्यु हुनेमा चितवन खैरहनी वडा नम्बर २ बस्ने बर्ष रामहरि श्रेष्ठ रहेका छन । घाइते पछाडि बस्ने सोही स्थानका पुरन श्रेष्ठ रहेका छन ।
रामहरिको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । । उनका अनुसार साँझ साढे ६ बजेको समयमा आँपटारीबाट भरतपुरको मालपोत चोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो। घाईते पुरन श्रेष्ठको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु