चितवन । ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा चितवन उद्योगसंघ महिला उद्यमी मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । चितवन उद्योग संघको हलमा भएको रक्तदान कार्यक्रममा महिला उद्यमी, सुरक्षा कर्मी , व्यवसायी लगायत १०८ जनाले रक्तदान गरेका थिए ।
महिला दिवसको अवसर पारेर महिला उद्यमीहरुले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
चितवन उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुंँवरले चितवनमा विरामीको चाप बढ्दै गएकोले अस्पतालमा रगत अभाव कम होस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन ।
मञ्चको संस्थागत सामाजिक उत्तरदायित्व वहन अन्र्तगत मञ्चले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको कुंँवरले बताईन । पछिल्लो समय महिलाहरु उद्यमशीलमा सक्रिय हुने क्रम बढेको भन्दै उद्यमीहरुले व्यवसायिक धर्मको साथै सामाजिक उत्तरदायित्वलाई समेत उक्तिकै प्र्राथमिकतामा राख्नु पर्ने धारणा राखिन ।
सो अवसरमा बोल्दै संघकी सदस्य चन्दना कोइरालाले महिलाहरु परिवर्तनको संवाहक रहेको भन्दै महिला विना समाज रुपान्तरण अधुरो रहेको बताइन । महिलाहरु आत्मनिर्भर बनेमात्र लैंगिक विभेदको अन्त्य हुने भन्दै महिलाहरु उद्यमशीलतामा अग्रसर हुनुपर्ने बताइन । महिला शशक्तिकरणको लागि पनि महिलाहरु अधिकारमुखी जिम्मेवारी लिन सक्षम हुनुपर्ने कोइरालाको भनाई थियो । यसका लागि पुरुष संँग सहकार्य गर्दै अघि बढ्न जरुरी रहेको उनले बताईन ।
कार्यक्रमकी प्रमुख अतिथि पार्वती शाहले रक्तदान जस्ता कार्यक्रमले महिला शशक्तिकरणमा टेवा पुग्ने बताईन । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महिलाहरु चुलो चौकामा मात्र सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहनुपर्ने बताए ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, निर्वतमान अध्यक्ष राजु पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम मञ्चका उपाध्यक्ष सिर्जना सोतीले सञ्चालन गरेकी थिइन ।
अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी मञ्च चितवनद्धारा रक्तदान (तस्वीरहरु)
अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी मञ्च चितवनद्धारा रक्तदान (तस्वीरहरु)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु