चितवन । चितवनको माडीमा ईनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर ७ का सूर्य गुरुङ्ग र शिव राई रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह सांँढे ४ बजे सोही ठाउंँमा रिता रेग्मीको घरको प्यासेज भित्र रहेको ईनार सफा गर्ने क्रममा गुरुङ्ग भित्र पस्दा केही समयपछि बोल्न नसकी उद्धारका लागि हातको ईशारा गरेका थिए । उनलाई उद्धार गर्न ढाडमा डोरी बांँधेर राई भित्र पस्दा डोरी चुडिएर तल खसेका थिए । घटना भएलगत्तै प्रहरीको टोली सहित स्थानीयले पानी निकालेर उनीहरुलाई उद्धार गर्दा दुबैको मृत्यु भईसकेको हो । उनीहरुको शब निकाली लासजांँच मुचुल्का कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु